राजनीति

लोसपा नेतृ चन्दा चौधरी पार्टी परित्याग गरी कांग्रेस प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
बुधवार दिउँसो बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् ।
०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फ सांसद रहेकी चौधरी गतवर्ष १८ दिने मन्त्री बनेकी थिइन् ।
नेताहरूका अनुसार चौधरीलाई सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आश्वासनसहित कांग्रेसमा प्रवेश गराइएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page