धर्म संस्कृति समाज

मधेश प्रदेशमा भोलि (आइतवार) सार्वजनिक विदा

सप्तरी । मधेश प्रदेशमा भोलि पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
शनिवार मधेस सरकारको गृह तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिइएको हो ।
इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मन्त्रिस्तरको निर्णयबाट प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सूचना अधिकारी नाजोराम भगतले जानकारी दिए ।
मधेश प्रदेश सरकारले गत चैत १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page