राजनीति

सप्तरी निर्वाचन क्षेत्र १ र ३ मा एमालेको दावी

डम्बर राई –
कञ्चनरुप सप्तरी ।
नेपाल कम्युनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टीबीचको चुनावी तालमेल भए पनि सप्तरीको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाको सीटमा एमाले नै पाउनु पर्नेमा नेता तथा कार्यकर्ताहरुले दावी गरेका छन् ।
यस क्षेत्रमा एमालेको विभिन्न संगठनहरु सक्रिय रहेका कारण यहाँ चुनाव जित्ने निश्चितता छ त्यसैले एमालेले नै पाउनु पर्नेमा दावी गरेको हो ।
जसपासंग चुनावी तालमेल अपरिहार्य छ तर सीट बाँडफाँडमा जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ र ३ मा एमालेकै भागमा हुनुपर्छ जिल्ला सचिव देवनाथ यादवले भने, यी क्षेत्रहरुमा पार्टीको राम्रो प्रभाव छ हामी जितेर देखाउछौ ।
क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि पार्टीको पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज दिवाकर देवकोटा र प्रदेश सदस्य कृष्ण कुमार गुप्ताको नाम केन्द्रमा पुगेको छ भने क्षेत्र नम्वर ३ मा जिल्ला अध्यक्ष ताराकान्त चौधरीको एकल नाम छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page