राजनीति

समानुपातिकमा ४८ दलका २४ सय ३६ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो ।
प्रदेश १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ ।
त्यस्तै बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।
लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी पर्दा कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूरपश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page