राजनीति

प्रधानमन्त्री देउवाद्वारा जसपाका चार मन्त्री बर्खास्त

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
एमालेसँग जसपाले गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई तोकेकी छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page