खेलकुद

घोघिदहामा संचालित ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको तेस्रो खेलमा गाईघाट विजयी

बृजमान तामाङ /
बिरेन्द्र बजार, ५ कार्तिक । श्री जनचेतना ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिद्वारा सप्तरीको अग्निसाईर कृष्णासवरण १ घोघिदहमा संचालित तेस्रो दिन शनिबार सम्पन्न खेलमा फ्युजन एफ सि क्लव गाईघाट उदयपुरले जित हाँसिल गरेको छ ।
अग्निसाईर कृष्णासवरण १ स्थित जनचेतना माध्यमिक विधालयको खेलमैदानमा आयोजित खेलमा महुली ११ स्पोर्ट्स क्लब घोंघिदाहा भवानीपुर सप्तरीलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै गाईघाट उदयपुरले जित हासिल गरेको हो ।

खेलको पहिलो हापको ६ औं मिनेटमा गाईघाटका जर्सी नम्बर १० का समितराज राउतले गोल गरे । यसैगरी गाईघाटका जर्सी नम्बर ८ का प्रविन राईले खेलको पहिलो हापमै १२ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए । यसैगरी खेलको १३ औ मिनेटमा जर्सी नम्बर १० कै समितराज राउतले १ गोल गरेपछि ३ गोल अन्तरले अगाडि बढे ।
यस्तै घोंघिदाहा भवानिपुरका जर्सी नम्बर १९ का निरज कुमार चौधरीले दोस्रो हापको १६ औं मिनेटमा १ गोल, दोश्रो हापको ४ औं मिनेटमा निमा शेर्पाले १ गोल मात्र गर्न सफल भएको आयोजक समितिका शेखर गुप्ताले जानकारी दिए ।

भोली आइतबारको रियाल स्टार एफ.सि सिराहा र रामधुनी युवा क्लब झुम्का सुनसरी विच हुने आयोजक समितिका अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश नम्बर १ का मोरङ, सुनसरी, उदयपुर र मधेश प्रदेशका महोत्तरी, सिराहा र सप्तरीका गरि ८ वटा टिमले सहभागी जनाएका छन । खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर र एपीएफ फुटबल टिम बर्दिवास महोत्तरी र महुली ११ स्पोर्ट्स क्लब घोंघिदाहा भवानिपुर सप्तरी बाहिरिएको आयोजक समितिका सचिब महेश प्रसाद चौधरीले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमलाई ५५ हजार नगद राशीसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई ३५ हजार नगद राशी सहितको कप, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page