खेलकुद

सितापुरमा संचालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिताको उपाधी प्रशवनी फुटबल क्लबलाई

बृजमान तामाङ –
बिरेन्द्र बजार, १९ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर १ स्थित श्री कंकालिनी युवा क्लब सितापुर नयाँ टोलद्वारा संचालित प्रथम पचशिल्ड फुटवल प्रतियोगिताको उपाधी प्रशवनी फुटबल क्लब प्रशवनीले हाँसिल गरेको छ ।
नयाँ टोल स्थित रहेको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक कंकालिनी युवा क्लबलाई ०–३ गोल अन्तरले पाराजित गर्दै प्रशवनीले उपाधिमाथी कब्जा जमाएको हो ।
दुबै टिमविच कडा प्रतिस्पर्धा रहेता पनि निर्धारित ५० मिनेटको खेलमा पहिलो हापको २२ औं मिनेटमा विजेता टिमका जर्सी नम्बर १७ का तुलसी चौधरीले गोल गरे । खेलको दोस्रो हापको २ औं मिनेटमा विजेता टिमका जर्सी नम्बर १५ का भूषण मगरले गोल गरि टिमलाई अग्र अग्रास्थानमा कायम राखे भने खेलको १० औं मिनेटमा विजेता टिमकै जर्सी नम्बर ८ का दिपेश चौधरीले गोल गर्दै जित हासिल गरेको आयोजकले जनाएको छ ।

श्री कंकालिनी क्लवका अध्यक्ष उमेश कुमार चौधरीको अध्यक्षतामा आयोजित खेल समापन समारोहमा प्रमुख अतिथी मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले विजेता टिमका खेलाडीहरुलाई नगद, शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरे । यसैगरी कार्यक्रमका विशिष्ट अतिथी अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले उपविजेता टिमलाई नगद , कप, मेडल र प्रमाणपत्र प्रदान गरे ।
खेलसमापन समारोहमा आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष एवम एमाले केन्द्रिय सदस्य राज कुमार लेखी, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष जितेन्द्र खडगा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, वडा ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ५ का अध्यक्ष सबदुल मियाँ, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ, पत्रकार प्रिया सिंह थारु, इलाका प्रहरी कार्यालय महुलीका प्रमुख प्रहरी नायव निरीक्षक मो. सागिर, साविक सितापुर गाविसका अध्यक्ष बशन्त कुमार चौधरी, लगायतका विभिन्न दल प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खेल समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले राष्ट्रको पहिचान स्थापित गराउने खेलको विकासका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने आबश्यकता औलाए । उनले खेलमैदानको स्तर उन्नति सहित खेलकुदको विकासका लागि सहयोग गर्न तत्पर रहेको बताए ।
कार्तिक ६ गतेदेखि संचालित फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका गरि ९ वटा टिम सहभागी रहेका थिए ।
कार्यक्रममा फुटबल प्रतियोगितामा सहयोग गर्ने विभिन्न १ दर्जन बढी व्यक्तित्व कदरपत्रद्वारा सम्मान गरिएको थियो भने चर्चित उद्वघोषक प्रविन चौधरीद्वारा संचालित खेल समापन समारोहमा स्थानीय युवा समाजसेवी अशोक चौधरीले गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page