खेलकुद

हरिहरपुरमा संचालित आठौं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधी भदियालाई

वृजमान तामाङ /
बिरेन्द्र बजार, १४ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ स्थित श्री जसकरण हिराय द एभरेष्ट युवा फुटबल टिम हरिहरपुरद्वारा संचालित ८ औं पचशिल्ड फुटवल प्रतियोगिताको उपाधी खडक सामुदायिक फुटबल टिम भदियाले हाँसिल गरेको छ ।
श्री जनता आधारभुत विधालय हरिहरपुरको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा द एभरेष्ट युवा फुटबल टिम हरिहरपुरलाई ०-१ गोल अन्तरले पाराजित गर्दै भदियाले उपाधिमाथी कब्जा जमाएको हो ।
दुबैटिमविच कडा प्रतिस्पर्धा रहेको निर्धारित ७० मिनेटको खेलको पहिलो हापमा दुबैटिमबाट कुनैपनी गोल हुन सकेन । खेलको दोश्रो हापको २६ औं मिनेटमा विजेता टिमका जर्सी नम्बर १० का रोमन मगरले फ्री किकबाट गोल गर्दै जित हासिल गरेको आयोजकले जनाएको छ ।

श्री जसकरण हिराय द एभरेष्ट युवा फुटबल टिमका अध्यक्ष रविन्द्र नारायण जोशीको अध्यक्षतामा आयोजित खेल समापन समारोहमा प्रमुख अतिथी मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले विजेता टिमका खेलाडीहरुलाई नगद २०हजार ५ रुपैयाँ , शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरे ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथी अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी र उपाध्यक्ष कल्पना कुमारी चौधरीले संयुक्त रुपमा उपविजेता टिमलाई नगद १० हजार ५ रुपैयाँ , कप, मेडल र प्रमाणपत्र प्रदान गरे ।

खेल समापन समारोहमा आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष एवम एमाले केन्द्रिय सदस्य राज कुमार लेखी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, नेपाल पत्रकार महासंघका मधेश प्रदेशका पुर्व सचिब भोला पासवान, प्रदेश परिषद सदस्य बृजमान तामाङलगायतका विभिन्न दल प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खेल समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले राष्ट्रको पहिचान स्थापित गराउने खेलको विकासका लागि प्रदेश सरकारको सधैसाथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले खेलमैदानको स्तर उन्नतिका लागि सहयोग गर्न तत्पर रहेको बताए ।
कार्तिक ५ गतेदेखि संचालित फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका गरि ८ वटा टिम सहभागी रहेका थिए ।
कार्यक्रममा पत्रकार बृजमान तामाङसहित खेलको विकासमा योगदान दिने आधादर्जन व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page