अन्तराष्ट्रिय खेलकुद

पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति कतारको राजधानी दोहास्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै क्रोएसिया अन्तिम चारमा पुगेको हो।
पेनाल्टी सुटआउटमा ब्राजिलका रोद्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिकले विफल पारेका थिए भने मार्किन्होसको प्रहार पोलमा लागेको थियो। ब्राजिलका लागि कासिमेरो र पेड्रोले मात्र गोल गरेका थिए।
क्रोएसियाका भने सबै खेलाडी पेनाल्टीमा सफल भए।
त्यसअघि निर्धारित र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page