समाज

इलाका प्रहरी कार्यालय कञ्चनपुरद्वारा बसबाट करिब ३९ केजी गाँजा बरामद

कञ्चनरुप, २१ मंसिर । इलाका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनरूप नगरपालिका ११ मा बिराटनगर देखि नारायणघाट तर्फ जाँदै गरेको यात्रु वाहक बसबाट करिब ३९ केजी गाँजा बरामद गरेको छ ।
बुधबार विहान बिराटनगर देखि नारायणघाट तर्फ जाँदै गरेको ना ५ ख १५६१ नम्बरको अग्नि नामको यात्रु वाहक बसबाट बेवारिसे अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवका अनुसार लगेजमाथि संका लागेर बस चालकले प्रहरीलाई खबर गरेका थिए । उक्त बसमा नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोहि कसैलाई जानकारी नदिई लगेज छोडी बेपत्ता भएपछी प्रहरीलाई चालकले खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय ठेलियाको प्रहरी निरीक्षकको टोलीले लगेजको लक तोडेर खोल्दा ४ ओटा पोकामा ३९ केजी गाँजा फेला परेको डिएसपी यादवले जानकारी दिनु भयो ।
फेला परेको गाँजा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको र बसका चालकसँग थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page