अन्तराष्ट्रिय खेलकुद

नेदरल्याण्डलाई हराउंदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।
टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । अतिरिक्त समयको खेल पनि बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको हो।

बराबरीमा सकिएपछि दुवै टोलीबाट थप गोल हुन सकेन। त्यसअघि नेदरल्यान्ड्सले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा धकेलेको थियो। टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए। अर्जेन्टिनाको चौथो प्रहार गोल नभएपछि नेदरल्यान्ड्सको सम्भावना कायमै देखिएको थियो।

तर पाचौँ प्रहारमा अर्जेन्टिनाका लौतारो मार्टिनेज चुकेनन्। टाइब्रेकरमा अर्जेन्टिनाको पहिलो प्रहार मेस्सीले गरेका थिए। नेदरल्यान्ड्सका कप्तान भान डायक भने पहिलो प्रहारमै चुके। दोस्रे प्रहार गर्न पुगेका स्टिभन बर्घुइसलाई पनि मार्टिनेजले निराश बनाएका थिए। सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page