राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ महिलासहित ७ समानुपातिक सांसदको टुंगो लगायो [सूचीसहित]

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका सांसदको टुंगो लगाएको छ । राप्रपाले शनिबार साँझ अबेर ५ महिलासहित ७ जनाको नाम टुंगो लगाएको हो ।
सूचीअनुसार खसआर्य पुरुषमा पशुपतिशमशेर जबरा,
महिलातर्फ गीता बस्नेत,
आदिवासी जनजाति पुरुषमा बुद्धिमान तामाङ, महिलामा विना लामा,
दलित महिलामा अनिसा नेपाली र मधेसी महिलामा विना जयसवालको नाम सिफारिस गरिएको छ ।

राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page