अन्तराष्ट्रिय खेलकुद

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कप २०२२ काे उपाधि

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो ।
निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
यसअघि अर्जेन्टिनाका लागि लियोनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page