अर्थतन्त्र समाज

ईटहर्वा बजार कनौली सितापुरलाई व्यवस्थित गर्न साँस्कृतिक कार्यक्रम

बृजमान तामाङ –
बिरेन्द्र बजार, ६ पुस । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका २ कलौनी सितापुरमा अवस्थित ईटहर्वा बजार व्यवस्थापन गर्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
लामो ईतिहास बोकेको बजारको अवस्था दिनप्रतिदिन खस्किदै गएकाले ईटहर्वा बजार व्यवस्थापन समितिले साँस्कृतिक कार्यक्रम आयोजना गरि व्यपारी तथा उपभोक्ताहरुको आकर्षण बढाएको हो ।
साढे तीन दशकभन्दा लामो ईतिहास बोकेको कलौनी सितापुर चौक स्थित रहेको इटहर्वा बजार झण्डै १ वर्षको अन्तारालपछि पुनस्ःबजार लगाउन थालिएको बजार व्यवस्थापन समितिले जनाएको छ ।

एक वर्षदेखी बजार लागेको थिएन, बजार व्यबस्थापन समितिका अध्यक्ष मिलन चौधरीले भने, नजिकैको विशाल चौकमा बजार लाग्नथालेपछी व्यापारी र उपभोक्ताहरु उतै लागे, लामो समयको अन्तारालपछी पुनः बजार लागाउन शुरु गरेपछि व्यपारी र उपभोक्ताहरुको आकर्षण बढाउन हप्ताको एकपटक साँस्कृतिक कार्यक्रम गर्दै आएको छौ । उनले मंसिर १८ गते देखि शुरु गरेको बजारमा व्यापारी तथा उपभोक्ताहरुको बाक्लो उपस्थित हुनथालेको जानकारी दिए ।

बुधबार र आइतबार गरि हप्ताको २ दिन लाग्ने बजारमा तरकारी, माछामासु, लत्ताकपडा लगायतका आबश्यक सम्पुर्ण दैनिक उपभोग्य बस्तुहरुको खरिदबिक्री हुने गरेको उनले बताए ।
तत्कालीन श्री ५ वडा महारानी ऎश्वर्य राज्यलक्षमि देवि शाहको २९ औं जन्मउत्सवको अवसरमा २०४४ कार्तिक २१ गते अन्चालधिश सूर्य बहादुर सेन ओलिले उद्वघाटन गरेको ईटहर्वा बजार सरोकारवालाहरुको उदासिन्ताले विकासको दृष्टिकोणले निकै पछाडि परेको छ । सप्तरीको ईतिहासमा पुरानो बजार र चौकको पहिचान बनाएको ईटहर्वा बजारको विकासमा सबै पक्षको ध्यानाकर्षण गराउन बजारका दिन साँस्कृतिक तथा विभिन्न कार्यक्रमहरु गरिएको वजार व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र कुमार झाले बताए । बजारमा कार्यालयसहितको सुविधा सम्पन्न भौतिक पूर्वाधार भएपनी उपयोग हुन नसक्दा बजारको अवस्थामा सुधार नआएकाले प्रचारप्रसार गर्दै बजार लगाउन थालिएको उनले जानकारी दिए ।

अग्निसाईर कृष्णासवरण गाउँपालिकाको कार्यालय, पुरानो स्वास्थ्य चौकी, सशस्त्र प्रहरी वल, वन कार्यालय, पशुस्वास्थय केन्द्र लगायतका दर्जनौं सरकारी कार्यालय संचालनमा भएपनी अपेक्षित विकास हुन नसकेको बजार व्यवस्थापन समितिका सचिब श्रवण कुमार चौधरीले बताए । उनले बजारको विकासका लागि स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुत गरिदै आएको जानकारी दिए ।
बजारको आकर्षणका लागि थारु कल्याणकारिणी सभा सप्तरीको आयोजनामा माघ १ गते माघी महोत्सव समेत आयोजना गरिने बजार व्यवस्थापन समितिले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page