कोशी प्रदेश समाज

झापाको कचनकवलमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा, पुस ०६ गते । झापाको कचनकवल गाउँपालिका १ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका १ का ३७ वर्षीय जगत भुजेल रहेका छन ।
मंगलवार अपरान्ह घाँस काट्न भनि चार कोशे सामुदायिक वन गएकोमा घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र अन्य कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो सँगै झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page