कोशी प्रदेश समाज

मेचीनगरबाट ब्राउनसुगर सहित १ जना पक्राउ

झापा, १० माघ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–८ का ३६ वर्षीय आसिर खाँ रहेका छन ।
बिशेष सूचनाको आधारमा सोमबार साँझ ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने आधारमा खानतलास गर्दा खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवाइल समेत बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page