बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

अनुगमनमा गएका छिन्नमस्ता–५ का वडा सदस्यमाथि कुटपिट

राजविराज, १३ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ मा अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट भएको छ । छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरममा सार्वजनिक स्वास्थ्य चौकी र प्रसुती गृह अनुगमन निरीक्षणमा गएका बेला वडा सदस्यसहित ३ जनामाथि कुटपिट भएको हो ।
छिन्नमस्ता–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई बुधबार सोही ठाउँका ५० वर्षीय जयनाथ शर्मा, उहाँका छोरा २९ वर्षीय मनोज शर्मा, ५० वर्षीय शिवशंकर पण्डित र ४५ वर्षीय अनिल मिश्र भनिने सुन्दरकान्त मिश्रले कुटपिट गरेको भन्दै योगेन्द्रले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनुभएको छ ।
घाइते तीनै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको र घाइतेहरूको घाउँजाँच आज गरिने सप्तरी प्रहरीले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित स्वास्थ्य चौकीका प्रमुख राजाबाबु मेहताको लिखित आग्रहमा वडा अध्यक्ष जयप्रकाश ठाकुर र वडा सदस्य योगेन्द्र सार्वजनिक स्वास्थ्य चौकी र प्रसुती गृह अनुगमन निरीक्षणमा गएका बेला आक्रमण भएको घाइते योगेन्द्रले बताउनु भयो ।
स्वास्थ्य चौकी र प्रसुती गृहभित्र बाख्रा नचराउन, धान र कपडाहरू नसुकाउन तथा फोहोर नगर्न भनेपछि आरोपितहरूले गालीगलौज गर्दै कुटपिट गरेको वडा अध्यक्ष ठाकुरले बताउनु भयो ।
छिन्नमस्ता गाउँपालिका–५ नम्बर वडा कार्यालयले समेत वैठक बसी जयनाथ, मनोज र मिश्रविरुद्ध बिहीबार उजुरी दिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page