बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

इटहरीबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ

सुनसरी, माघ १७ गते । सुनसरी प्रहरीले इटहरीबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–२० का २० वर्षीय सनम थापा मगर रहेका छन ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार उनकै घरबाट प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरिएको हो ।
मगरको कोठामा खानतलासी गर्दा स्पास्पेन २ सय ८८ ट्याबलेट, ट्रमाडोल २ सय ७८ स्यापसुल र १ किलोग्राम गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको जनाएको छ ।
पक्राउ परेका थापाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page