शिक्षा समाचार

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा वक्तृत्वकला, सुनिलकुमार यादव प्रथम

राजविराज, १ फागुन । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा सुनिलकुमार यादव प्रथम भएका छन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित ‘अबको शिक्षा नीति कस्तो हुनुपर्छ’ विषयमा सम्पन्न प्रतियोगितामा बि.बि.एस. प्रथम वर्षका यादवले सहभागी १० जनालाई उछिन्दै प्रथम स्थान हासिल भएका हुन ।
यसैगरी बि. एड. तृतीय वर्षका मो. जकाउल्लाह द्वितीय र वि.एड. द्वितीय वर्षका देवा मण्डलले तृतीय स्थान हासिल गरेका छन् ।

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराज इकाई कमिटीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितमा सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेल, क्याम्पसका प्राध्यापक सुर्यनारायण यादव र शिक्षक शालिग्राम यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विजेता र सहभागीहरुलाई निर्णायक समितिका अध्यक्ष पोखरेल र सदस्य यादवले पुरस्कार वितरण गरे ।

अनरोस्ववियू क्याम्पस इकाई कमिटीका अध्यक्ष भवानी ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शंकर यादवले गरेका थिए भने कार्यक्रमको सहजीकरण अनेरास्ववियूका सचिवालय सदस्य एवम् जिल्ला इन्चार्ज ललितनारायण रजकले गरेका थिए ।
शिक्षाको महत्व, वर्तमान शिक्षा नीतिका कमजोरी र आवश्यक शिक्षा नीतिका बारेमा बिद्यार्थीहरुलाई जानकारी हुन सकोस् र उनीहरुले पनि आफूले जानेको, भोगेको कुरा सरोकारवालाई जानकारी गराउन सकुन् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको जिल्ला इन्चार्ज रजकले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page