धर्म संस्कृति समाचार समाज

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा १३ दिने अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने

राजविराज, १ फाल्गुन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित पातोमा श्री १०८ रामचरित्र मानस अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको छ ।
महायज्ञ आयोजक समितिले राजविराजमा पत्रकार सम्मेलन गरि चैत २ गते देखि १२ गतेसम्म महायज्ञ हुने जानकारी दिएको हो ।
महायज्ञमा नेपाल तथा भारतका गरि लाखौंको संख्यामा भक्तजनहरुको उपस्थिति हुने आयोजक समितिका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिनुभयो । उहाँले धर्म निरपेक्षताको खारेजी र हिन्दू राष्ट्र नेपाल कायम गराउने संदेश महायज्ञले प्रबाह गर्ने दाबी गर्नुभयो ।
महायज्ञमा १ सय ५१ मुर्ति लिला, बृन्दावन अयोध्याधाम एवं नेपालका प्रसिद्ध संतका दर्शन, प्रत्येक दिन साँझ ६ बजेदेखि इलेक्ट्रोनिक माध्यमबाट राम लिला, झाँकी प्रदर्शन गरिने, दैनिक ३ बजेसम्म धार्मिक प्रबचन, प्रत्येक दिन १ बजे देखि राती १० बजेसम्म गौतम राशलिला लगायतका विभिन्न कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।
महायज्ञमा डा. मानस मधुकर, गौतम राशलिला, यज्ञाचार्य पं. श्री सुभाष मिश्र, सः यज्ञाचार्य पं. श्री अशोक मिश्र, मूर्तिकला कार श्री राजेश पंडित लगायतकाले प्रवचन दिनुहुने छ ।
महायज्ञमा अनुमानित रु. ७० लाख खर्च हुने र सो खर्च चन्दा संकलनबाट जुटाउने आयोजक समितिले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page