खेलकुद

भारतसँग नेपालको रोमान्चक बराबरी ,सावित्रा भण्डारीले गरिन् दुई गोल

काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।
बुधबार राति चेन्नईमा भएको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो ।
नेपालले ९० औं मिनेटमा पेनाल्टी र इन्जुरी समयमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याएको हो । ९० मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमार्फत गोल गरिन् । खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाइन् । ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।
उनले नै इन्जुरी समयमा गोल गर्दै खेललाई २–२ को अवस्था ल्याइन् ।
ओलम्पिक छनोटको तयारीस्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page