समाज

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

सप्तरी, ३ फागुन । सप्तरीमा बलात्कार घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय धिरजकुमार पण्डितलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
विवाह गर्छु भनी प्रलोभनमा पारी २०७९ असोज २३ गते कोशी बाँधमा लगी बलात्कार गरी टेम्पोबाट भारतको भिमनगर बजार पुर्‍याएको र असोज २४ गते बिहान भारतको दिल्ली लगेर विभिन्न किसिमको डरत्रास देखाई बलात्कार गरेको पीडितले बताउनु भयो ।
माघ २४ गते आरोपित बजार गएको मौका छोपी पीडितले घरमा फोन सम्पर्क गरेर अभिभावकलाई जानकारी गराए पछि दिल्ली पुगेर माघ २९ गते बालिकालाई नेपाल फर्काइ ल्याएको पीडितकी आमाले बताउनु भयो ।
पीडितकी आमाले फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको प्रहरी निरीक्षक राजिव गिरीले जानकारी दिनुभयो । आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयले फागुन १ गते उजुरी दर्ता गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page