बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

झापाको बिर्तामोडमा एक युवकले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास

झापा । झापाको बिर्तामोडमा एक युवकले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड ७ निवासी ३४ वर्षीय विजय चौधरीले मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन ।
बिर्तामोडको मुक्तिचोकमा चौधरीले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका चौधरीलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी अटोमा हालेर बीएण्डसी हस्पिटल पुर्‍याइएको बताइएको छ।
उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पारिवारिक समस्याका कारण आत्मदाहको प्रयास गरेको बुझिए पनि थप आवयक अनुसन्धान भइरहेको प्रहरी श्रोतको भनाइ छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page