कोशी प्रदेश समाचार समाज

चोरी मुद्धाका दुई जना फरार प्रतिबादी पक्राउ

बिराटनगर, फागुन १५ गते । मोरङको बेलबारी नगरपालिका १ स्थितबाट चोरी मुद्धाका दुई जना फरार प्रतिबादिलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा बेलबारी १ का ३२ वर्षीय कृष्ण फुयाल र ३४ वर्षीय सुरज मगरलाई पक्राउ गरेको हो ।
चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७६–०३–१३ गतेको सजाय निर्धारण फैसला आदेशले ४ दिन कैद र २० हजार ४ सय रुपैया जरिवाना भएका फुयाल र चोरी मुद्धामा मिति २०७६–०७–१२ गतेको सजाय निर्धारण फैसला आदेशले १६ हजार ७ सय ५० रुपैया जरिवाना बेरुजु रहि मगर फरार रहेका थिए ।
पक्राउ परेको दुबैजनालाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा प्रतिबादी मगरले जरिवाना बापतको रकम असुल गरेकोमा छाडिएको र फुयाललाई कैद भुक्तानको लागि मोरङ कारागार पठाएको प्रहरीले जनाएकोछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page