कलाकार समाचार

पल शाहले उच्च अदालतबाट पाए सफाइ, यो फैसलासँगै अभिनेता शाह अब कारागार मुक्त हुने

काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो ।
उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा अभियोग दावी नपुग्ने ठहर गरेको हो ।
उच्चको यो फैसलासँगै अभिनेता शाह अब कारागार मुक्त हुने भएका छन ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page