कोशी प्रदेश समाचार

बिराटनगरबाट हुण्डी कारोवारमा संलग्न १ जना पक्राउ

बिराटनगर, २७ फाल्गुन । बिराटनगर महानगरपालिका ६ स्थितबाट हुण्डी कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर १५ का ३१ वर्षीय धर्मानन्द साह रहेका छन ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हुण्डी कारोवारमा संलग्न रहेका साहलाई बिहिवार नगद रु ४ लाख ७५ हजार रुपैया, बिभिन्न बैंकहरुको चेक, एटिएम कार्ड, भौचर तथा को २९ प ९७३९ नम्वरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका साहको सम्मानित मोरङ जिल्ला अदालतबाट हुण्डी सम्बन्धि कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page