शिक्षा समाचार समाज

रूपनगर नन्दराज संग्रौला क्याम्पसद्वारा विद्यार्थीहरुलाई स्वागत तथा बिदाई

कञ्चनरुप । रूपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरूप–१२ रूपनगर सप्तरीले शुक्रवार बि.बि.यस. प्रथम वर्ष भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र चौथो वर्षका विद्यार्थीहरुलाई बिदाइ गरेको छ।

सो कार्यक्रममा बोल्दै क्याम्पस ब्यवस्थापन समितिक अध्यक्ष एवं जग्गादाता गिरिराज संग्रौलाले विद्यार्थी भनेका भविश्यका चम्किला तारा (कर्णाधार) भएकाले अनुशासित भई गुणस्तरिय शिक्षामा विशेष ध्यान दिई क्षमतावान विद्यार्थी बन्न आग्रह गर्नु भयो । उहाँले एउटा उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्न क्याम्पसको दूरदृष्टि रहेको र व्यवस्थापन संकायमा गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थीहरुको रोजाईको विषय र कार्य क्षेत्रमा सफल बनाउने लक्ष्य रहेको बताउनु भयो ।

विद्यार्थीहरुलाई जीवनका मूल्य, मान्यता र जिम्मेवारी पुरा गर्न सक्ने बनाउने, आफ्नो शैक्षिक योग्यता र व्यवसायिक वातावरणमा आइपर्ने जस्तो सुकै चुनौती सामना गर्दै सफल बन्न सक्ने विद्यार्थी उत्पादन गर्ने, शैक्षिक र व्यवसायिक उत्कृष्टता सहितका समाज प्रति जिम्मेवार र जुझारू विद्यार्थी उत्पादन गर्ने, पाठ्यक्रम, अतिरिक्त कृयाकलाप र विभिन्न शीपमूलक कार्यक्रमहरू मार्फत विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सघाउने क्याम्पसको उदेश्य रहेको संग्रौलाले बताउनु भयो ।

क्याम्पस प्रमुख दिगम्बर साहले कम्प्यूटर तालिम, लेखन तथा सम्पादन तालिम, सामाजिक अनुसन्धान तालिम, अनुसन्धान र विधि प्रशिक्षण, विशेषज्ञहरुसँग अन्तरक्रिया, भित्तेपात्रो प्रकाशन जस्ता कृयाकलापहरु समेत संचालन गरिने बताउनु भयो।
संचारकर्मी उत्तम आचार्यले गरीव, दलित तथा विपन्न वर्गका बालवच्चालाई सहज वातावरणमा घरमै बसेर गुणस्तरिय शिक्षाका लागी उच्च शिक्षामा पहुँच होस् भन्ने उदेश्यका साथ क्याम्पसको स्थापना गरिएको बताउनु भयो।

क्याम्पस व्यवस्थापन समितिका सदस्य सरस्वती निरौला, क्याम्पसका प्राध्यापक बौधकृष्ण लाल कर्ण, विद्यार्थीहरु महिमा पोखरेल, सन्तोष कुमार साह, शम्भु कुमार मण्डल लगायतका वक्ताहरूले सवैले आआफ्नो क्षेत्रबाट सहयोग गरेमा क्याम्पसको भविश्य उज्वल हुने बताउनु भयो।
क्याम्पस प्रमुख दिगम्बर साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page