शिक्षा

एसइई परीक्षा : सप्तरीबाट ९ हजार ५२७ जना परीक्षार्थी सहभागी हुँदै, जिल्लाभर ३६ केन्द्र

सप्तरी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) चैत्र १७ गतेबाट सुरू हुँदैछ। परीक्षामा सप्तरी जिल्लाबाट ९ हजार ५२७ जना परीक्षार्थी सहभागी हुँदैछन्।
परीक्षाका लागि जिल्लाभर ३६ वटा परिक्षा केन्द्र तोकिएका छन्। शिक्षा विकास तथा समन्वय एकाईले परीक्षाका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।
परीक्षा चैत्र २४ गतेसम्म चल्नेछ।
यस पटकको एसइई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ भने ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले जनाएको छ ।
एसइई परीक्षा बिहान ८ः०० बजेदेखि सुरु भई ११ः०० बजे सकिनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन १७ गते अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ ।
दोस्रो दिनको परीक्षा चैत १९ अनिवार्य गणितको छ भने चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
त्यस्तै, चैत २२ गते अनिवार्य विज्ञानको परीक्षा हुने तालिका रहेको छ भने वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ ।

चैत २३ बिहीबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ।

यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीय कृषि तथा मत्स्यपालन, इलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेइङ्ग र म्युजिक अफ नेपालको परीक्षा हुनेछ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page