राजनीति

नवनिर्वाचित स्ववियुका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा पदभार ग्रहण

राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा सम्मान गरिएको छ ।
आज स्ववियु निर्वाचन समितिले आयोजना गरेको उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ तथा पदभार ग्रहण समेत गरेका छ्न ।
गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट समाजवादी विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी भएका थिए । सो प्यानलबाट सभापतिमा समाजवादी विद्यार्थी युनियनका रंजित यादव सहितका पदाधिकारीलाई प्रमाणपत्र बितरण गरिएको छ ।

समानुपातिकबाट स्ववियु उपाध्यक्षमा जयकृष्ण यादब, निर्वाचित सचिवमा सुनिल, कोषाध्यक्षमा मेनुका साह र समानुपातिक प्रणालीवाट सहसचिवमा निर्वाचित गुडिया यादबका सदस्यहरूलाई प्रमाणपत्र तथा सपथ ग्रहण गराइएको छ । जम्मा १९ सदस्यीय स्ववियु निर्वाचित भएका छन ।
कार्यक्रममा जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरी प्रमुख , जिल्ला अनुसन्धान प्रमुख, विभिन्न विद्यार्थी संगठनका जिल्ला तथा एकाइ प्रमुख, क्याम्पस प्रमुख, निर्वाचन समिति लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा पुर्व पदाधिकारी लगायत अतिथिहरुलाई सम्मान समेत गरिएको थियो ।
निर्वाचन अधिकृत रामअशिष यादवको अध्यक्षतामा प्रमाणपत्र बितरण तथा सपथग्रहण र सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page