खेलकुद राष्ट्रिय

विश्वकप छनोट खेल्न २२ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ ।
क्यानले जिम्बाब्वेमा असार ३ देखि २४ गतेसम्म आयोजना हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जीसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल (मौसम) र अविनाश बोहरा रहेका छन् ।
नेपालले चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाएको थियो ।
विश्वकप छनोटमा नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सुपर सिक्सबाट शीर्ष २ मा पुग्ने टिमले भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page