शिक्षा

गर्मीका कारण कञ्चनरुपका शिक्षण संस्थाहरू शुक्रबारदेखि ५ दिनका लागि बन्द

कञ्चनरुप, १८ जेष्ठ । सप्तरी जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेपछि कञ्चनरुप नगरपालिकामा रहेका शिक्षण संस्थाहरू शुक्रबारदेखि ५ दिनका लागि बन्द हुने भएका छन्।
बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रभाव परिरहेको भन्दै कञ्चनरुप नगरपालिकाको कार्यालयले बिहीबार सूचना जारी गर्दै जेठ १९ देखि २३ गते सम्म विद्यालयको प्रशासनिक काम बाहेक नगर क्षेत्र भित्र पठनपाठन हुने सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले जारी गरेको सूचनामा बढ्दो गर्मीका कारण विद्यालयमा हुने पठनपाठन एवम् विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने देखिएको हुनाले बर्षे विदाबाट कट्टा हुनेगरी ५ दिनका लागि सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
कञ्चनरुपमा दिउँसो चर्को घाम लाग्ने, अत्याधिक गर्मी हुने गरेको छ । यस क्षेत्रमा तापक्रम बढेर अधिकतम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page