खेलकुद

सप्तरी प्रिमियर लिग : तेस्रो दिनको दोस्रो खेलमा कञ्चनरुप राइनोज ७ विकेटले विजयी

कञ्चनरुप, ५ असार । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको तेस्रो दिन सम्पन्न दोस्रो खेलमा अविनाश कर्ण कप्तानीको कञ्चनरुप राइनोज विजयी भएको छ ।
मंगलबार भएको खेलमा कञ्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ। बलान बिहुलले दिएको १३८ रनको झिनो लक्ष्य कञ्चनरुपले १५ ओभरमा ३ विकेटकै क्षतीमा भेटायो।
कञ्चनरुपका लागि अमित यादवले ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन बनाए । सुमित श्रेष्ठले अविजित २७, राकेश कामतले २३ तथा अविनाश कर्णले २१ रन बनाए। चौंथो विकेटका लागि अमित र सुमितले अविजित ६७ रनको साझेदारी गरे। बसिर अहमदले २ तथा रोबिन सिंहले १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिंग रोजेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाएको थियो। जसमा पवन सर्राफले सर्वाधिक ५० रन बनाए। उनले २७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
बसिर अहमदले २० तथा हसिम अन्सारीले १३ रन बनाए। कञ्चनरुपको बलिंगमा राशिद खान, चित्र बिस्ट, पप्पु यादव र सुमित श्रेष्ठले २र२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत बुधबार राजविराज द किंग र बजाज खडक वारियर्स तथा कञ्चनरुप राइनोज र रुपनी राइडर्सबीच प्रतिस्पर्धा हुने आयोजक सप्तरी क्रिकेट संघले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page