खेलकुद

प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उदयपुरलाई

राजविराज । सप्तरीको राजविराजमा सम्पन्न भएको प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मलिथम फुटबल क्लब उदयपुरले जितेको छ ।
राजविराजस्थित राज रंगशालामा शनिबार भएको फाइनल खेलमा धनुषा जिल्ला फुटबल क्लब जनकपुरलाई ०–२ गोलले पराजित गर्दै उदयपुरले उपाधि जितेको हो ।
उदयपुरको तर्फबाट पहिलो हापको २५ औं मिनेटमा जर्सी नम्बर ७ का आशिष चौधरीले १ गोल गरे भने खेलको ३५ औं मिनेटमा जर्सी नम्बर १७ का कृपा चौधरीले थप १ गोल गरे । निर्धारित ९० मिनेटको खेलमा जनकपुरले कुनै पनि गोल गर्न सकेन ।
उपाधिसँगै उदयपुरले नगद रु. १ लाख ५० हजार, शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता धनुषाले नगद रु. १ लाख कप, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो ।
राजविराज नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा भएको प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै महोत्तरी, सिरहा, धनुषा, सिन्धुली, उदयपुर, सुनसरी र सर्लाहीका गरि कुल ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बेस्ट मिड फिल्डर उदयपुरका आशिष चौधरी, बेस्ट डिफेन्डर सप्तरीका बिमल राई, उत्कृष्ट खेलाडी उदयपुरका बिशाल चौधरी, उत्कृष्ट गोलरक्षक उदयपुरका रेम्बो चौधरी, सर्वाधिक गोलकर्ता धनुषाका दिनेश होम्जोङ र उत्कृष्ट प्रशिक्षक उदयपुरका संजय चौधरी घोषित भए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page