खेलकुद

रमाइलो मनसुन कप फुटबल प्रतियोगिताको उपाधि लालिगुराँसलाई

खगेन्द्र कार्की /
फत्तेपुर, ११ श्रावण । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा संचालित रमाइलो मनसुन कप फुटबल प्रतियोगिताको उपाधि उदयपुरको बेलका नगरपालिका  २ स्थित रहेको भागलपुरको लालिगुराँस युवा क्लबले जितेको छ ।
न्यु त्रियुगा स्पोर्ट्स क्लव फत्तेपुरद्वारा आयोजित पहिलो रमाइलो मनसुन कप फुटबल प्रतियोगिताको बिहिवार सम्पन्न फाइनल खेलमा लालिगुराँस युवा क्ल्ब भागलपुरले आयोजक ए लाई १-० को गोल अन्तरले हराउँदै प्रतियोगिताको उपाधि जितेको हो ।
सहिद स्मृति रंगशालामा सम्पन्न फाइनल खेलमा बिजयी टिमका लागि जर्सी नम्बर १५ का खेलाडी सन्देश खत्रीले खेलको ५९ औं मिनेटमा एक गोल गर्दै उपाधि जिताएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमलाई क्रमशः नगद पन्ध्र हजार, सात हजार, ट«र्फी वितरण गरिएको आयोजकले जनाएको छ ।
स्वदेश तथा विदेशमा रहेका विभिन्न खेल प्रेमीहरुको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा उदयपुर र सप्तरीका गरि जम्मा ८ टिमहरुको सहभागीता रहेको थियो । विजयी टिमलाई अखिल नेपाल फुटबल संघ मधेस प्रदेश सदस्य सुरज खड्का ,जिल्ला फुटबल संघ सप्तरीका उपाध्यक्ष सुदिप चौधरी, सशस्त्र प्रहरी बेस क्याम्प फत्तेपुरका इन्स्पेक्टर किशोर डागी र राष्ट्रिय ब्याडमिन्टन खेलाडी बिष्णु कटवालका बुवा गोबिन्द कटवाल लगायतले नगद पुरस्कार, ट्रफी वितरण गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page