शिक्षा समाचार

रुपनगर नन्दराज संग्रौला क्याम्पसको क्याम्पस प्रमुखमा दिपककुमार गजुरेल नियुक्त

कञ्चनरुप, १२ श्रावण । सप्तरीको कञ्चनरुप–१२ रुपनगरमा रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसको क्याम्पस प्रमुखमा दिपक कुमार गजुरेल नियुक्त भएका छन ।
शुक्रबार क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा गजुरेललाई नियुक्ति गरेको हो । नियुक्ति पाए लगत्तै गजुरेलले पदभार समेत ग्रहण गरे ।
पदभार ग्रहण गरेलगत्तै क्याम्पसको शैक्षिक गुणस्तरमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु आफ्नु प्रमुख दायित्त्व रहेको बताए ।
स्नातकोत्तर गरेका गजुरेल त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष सेवा गरी अवकाश प्राप्त गरेका प्राध्यापक हुन । उनले राजनितीशास्त्र, कुटनिति लगायत विषयमा थुप्रै पुस्तकहरु समेत लेखेका छन । उनी समालोचक एवं विश्लेषक समेत हुन ।

सञ्चालक समितिको बैठकले पूर्व क्याम्पस प्रमुख दिगम्बरलाल प्रसाद साह मुटुको रोगबाट ग्रसित भई मुटुको भल्व समेत नयाँ जडान गरी आरामको लागि काठमाडौंमा रहनु भएकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
२०७१ सालबाट नियुक्ति पाई क्याम्पसको भौतिक संरचना, शैक्षिक गुणस्तर तथा क्याम्पसको सम्पूर्ण व्यवस्थापकिय कार्यमा उच्च योगदान गर्नु भएकोले उहाँको योगदानको उच्च मूल्याङ्कनको साथै कदर तथा प्रशंसा सहित धन्यवाद दिने समेत बैठकले निर्णय गरेको छ ।

पूर्व क्याम्पस प्रमूख साहको योगदानलाई कदर गर्दै उहाँले चाहनु भएमा क्याम्पसको सञ्चालक समिति वा अन्य वरिष्ठ पदमा नियुक्तिका लागि प्रस्ताव गर्ने समेत बैठकले निर्णय गरेको छ ।
पूर्व क्याम्पस प्रमुख साह अचानक मुटुको अप्रेसन गरी आराम गरेर बस्नुपर्ने भएकाले क्याम्पस सञ्चालनमा कठिनाई आउने भएकाले नयाँ क्याम्पस प्रमुखमा गजुरेललाई नियुक्ति गर्नुपरेको सञ्चालक समितिले जनाएको छ ।
सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page