मनोरन्जन संगीत

हरिवंश आचार्यले ‘काउली’ को सफलतापछि नयाँ गीत ‘एक केटा मादलु पड्का’ ल्याए (भिडियो)

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले ‘काउली’ को सफलतापछि नयाँ गीत ल्याएका छन् ।
आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।
चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा लोक लयको काउली गीत ल्याएका थिए हरिवंशले ।
यो गीतमा ‘काउली’ कै कलाकार दोहोरिएका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयम्ले अभिनय गरेका छन् ।
नवराज उप्रेतीको छायांकन, भपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन् ।

ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page