धर्म संस्कृति समाज

एक हप्ते साँस्कृतिक लाखे नाच तथा बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

खगेन्द्र कार्की /
फत्तेपुर, २० श्रावण । नेवाः देय दवु सप्तकोसी नगर समितीद्वारा आयोजित एक हप्ते साँस्कृतिक लाखे नाच तथा बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका–१ भगवती मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रशिक्षण कार्यक्रमको समापन गरिएको हो । लाखे नाच तथा बाजा प्रशिक्षण कार्यक्रममा सप्तकोसी नगरपालिकामा रहेका नेवार समुदायका युवा युवतीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले हरेक जात जातिलाई उसको आफ्नो पहिचान र चिनारीले नै प्रतिनिधित्व गर्ने बताउँदै अहिलेको युगमा सबैले आफ्नो धर्म, परम्परा ,भेषभुषा र भाषाको जगेर्ना गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले नेपाल राष्ट्र बहुलतामा एकता र एकतामा अनेकता भएकोले नगर भित्र रहेका सबै जातजातिको कला, साहित्य, धार्मिक आस्थालाई नगरले संरक्षण गर्ने बताए।
सप्तकोसी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेलले नगरमा पहिलो पल्ट हुन लागेको यस प्रकारको लाखे नाचले नेवार समुदाय आफ्नो पहिचानमा अगाडि बढेको मा खुशी लागेको बताए । वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेनले केही ब्यक्तिहरुले लोभलाल्चाको प्रलोभनमा परेर आफ्नो धर्म त्याग गर्ने गरेकोमा दुख ब्यक्त गर्दै यसले समाजमा बिकृती ल्याउने बताए। कार्यक्रममा बोल्दै हुसेनले भने सबै धर्म एकअर्कामा परिपुरक भएकाले धर्मको नाममा नहोच्याइ सम्मान गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा नेवा ः दय देवु मधेस प्रदेश कमिटि उपाध्यक्ष देवी जोशी, नेवा ःदेय दवु का सप्तरी जिल्ला अध्यक्ष मित्रलाल श्रेष्ठ ,प्रेस चौतारीका केन्द्रिय सदस्य खगेन्द्र कार्की, बिपन्न महिला सहकारी संस्थाकी अध्यक्ष देवी कार्की, नेवा ः दय देवु का पूर्व उपाध्यक्ष बिनोद श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सप्तकोसी नगरपालिकाकी उप प्रमुख रिता चौधरी ,नेवाः दय देवु का जिल्ला सदस्य पदम श्रेष्ठ ,बलराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सप्तकोसी नगरपालिकामा आउँदो भदौ ४ गते देखि नगरका विभिन्न वडामा लाखे नाच प्रदर्शनको उद्देश्यले प्रशिक्षण कार्यक्रम राखिएको लाखे नाच आयोजक कमिटीका संयोजक उत्तरकुमार श्रेष्ठले जानकारी दिए ।
नेवा ः दय देवुका सप्तकोसी नगर अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page