बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

हुलाकी सडक अन्तर्गत सिरहा रोडको अतिक्रमण गरी बनाइएको अवैध संरचना भत्काइँदै

राजविराज । सप्तरीको राजविराजस्थित हुलाकी सडक अन्तर्गत सिरहा रोडको अतिक्रमण गरी बनाइएको अवैध संरचना राजविराज नगरपालिकाले आजदेखि भत्काउन सुरु गरेको छ ।
सूचना जारी गर्दा पनि खाली नगरिएको अवैध संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
राजविराज नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने सिरहा रोड स्थित हुलाकी सडकको दुबै पट्टी ९÷९ मिटर जग्गा खाली गराउन नगरपालिकाले डोजर चलाएको हो।

राम मन्दिरदेखि छिन्नमस्ता डेरीसम्मको सडक फराकिलो पार्न अतिक्रमित संरचना हटाउन लागेको नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले बताउनु भयो । सात दिनभित्र अतिक्रमित घर, टहरा हटाउन नगरपालिकाले दिएको समय सीमा शनिबार सकिएपछि सडक विस्तारका लागि डोजरले अतिक्रमित संरचना भत्काउन लागेको उहाँले बताउनु भयो ।
कार्यवाहक नगर प्रमुख परविनले अब हुलाकी सडकअन्तर्गत राजविराजको हनुमान मन्दिरदेखि पूर्व कञ्चनपुर सडकको अतिक्रमित संरचना हटाउने जानकारी दिनु भयो ।
यसअघि गत साउन १२ गते नगरपालिकाले राजविराज हटियाभित्रको अतिक्रमित संरचना हटाएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page