खेलकुद

सप्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा आयुष श्रेष्ठ पुनः चयन

कञ्चनरुप, २३ श्रावण । सप्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः आयुष श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
संघको राजविराजमा सोमबार सम्पन्न भएको चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा निरज कुमार सिंह, सचिवमा चन्दन कुमार यादव र कोषाध्यक्षमा तुलानाथ माझी चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरूमा नम्रता परियार, सतीस कुमार सिंह, संजय कार्की, असोक साह, रोशन मण्डल, राजकुमार दास, डम्वर नारायण दास, मनोज साह, रबि राय, राजेश झा र बिरेन्द्र यादवलाई चयन गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page