स्वास्थ्य

डेंगुका बिरामी बढ्न थालेपछि सप्तकोसी नगरपालिकाले लामखुट्टेको लार्भा नस्ट गर्ने

खगेन्द्र कार्की /
सप्तकोसी । सप्तरीको सप्तकोसी नगरपालिकामा डेंगुका बिरामी बढ्न थाले पछि लामखुट्टेको लार्भा नस्ट गर्ने अभियान शुरु गर्ने भएको छ ।
सप्तकोसी नगरपालिकामा एक महिना यता फैलिएको डेंगुले महामारीको रुप लिन थालेपछि नगरपालिकाले लामखुट्टेको लार्भा नस्ट गर्ने अभियान संचालन गर्ने भएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाको रेकर्डमा अहिलेसम्म २२ जनामा मात्र डेंगु देखा परेको भएता पनि नगरपालिकामा संक्रमितको संख्या अझ बढिरहेको स्थानीयहरुको भनाइ छ ।
फत्तेपुर स्वास्थ चौकीमा परिक्षण गरेकाको मात्रै स्वास्थ्य शाखासंग रेकर्ड रहेको र सोहि रेकर्ड अनुसार सप्तकोसी नगरपालिका वडा नम्बर १ मा ११ जना, वडा नम्बर २ मा ५ जना, वडा नम्बर ३ सखुबनीमा २ जना र वडा नम्बर ४ बलार्दहमा ४ जना रहेको सप्तकोसी नगरपालिका स्वास्थ शाखाका स्वास्थ निरिक्षक महेन्द्र झाले बताए ।

शुक्रवार नगर स्तरिय बिपद ब्यबस्थापन समितीको बैठकको अध्यक्षता गर्दै नगर प्रमुख कृष्णप्रसाद ढकालले डेङ्गु बढ्दै गएपछि नगरमा सजगता अपनाउन आग्रह गर्दै डेङ्गुको प्रमुख कारण भनेको लामखुट्टे रहेकाले अब वडाको नेतृत्वमा घर घरमा गइ लामखुट्टे नस्ट गर्ने अभियान चलाउने बताए । बिपद ब्यबस्थापन समितिको बैठकमा बोल्दै अधिकाङ्स समितिका सदस्यहरुले नगरका नागरिकहरु स्वास्थ्य प्रति जिम्मेवार बन्न नगरलाइ सुझाव दिँदै डेङ्गु कालाजार, मलेरिया लगायतका रोग बढ्दै जानू लामखुट्टेको कारण रहेकाले यसको बास स्थानको पहिचान गरि औषधी, मट्टीतेल ,डिजल वा कालो मोबिल छर्किएर नस्ट गर्न नगरपालिका र स्वास्थ्य शाखालाइ सुझाब दिएका थिए ।
बिपद ब्यबस्थापन समितिको बैठकमा फत्तेपुरमा रहेको सरकारी स्वास्थ्य चौकिले प्रभावकारी सेवा दिन नसकेकोले बाध्य भएर बिरामी प्राइभेट क्लिनिकमा चेकजाँच र उपचार गर्न जानु परेको र सप्तकोसी नगर भित्र संचालित प्राइभेट क्लिनिकले डेंङु परिक्षणमा मनपर्दी शुल्क लिने गरेको गुनासो आए पछि नगरले अनुगमन गरि उनीहरुको बैधानिकता छानबिन गरि क्लिनिक सन्चालन र डेंङु परिक्षणमा एकरुपता ल्याउने नगर प्रमुख ढकालले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page