मधेस प्रदेश स्वास्थ्य

स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण

कञ्चनरुप, ७ भदौ । सप्तरीको कञ्चनरुपमा स्वास्थ्य स्वयंमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि साइकल वितरण गरिएको छ । कञ्चनरुप नगरपालिका–४ द्वारा ६ जना महिला स्वयंमसेविकालाई साइकल वितरण गरिएको हो ।
विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको जनाइएको छ । महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्‍याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको कञ्चनरुप–४ को वडा कार्यालयले जानकारी दिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page