शिक्षा

रूपनगर नन्दराज संग्रौला क्याम्पसमा प्रथम वर्ष BBS तहमा भर्ना खुल्यो (सूचनासहित)

त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता प्राप्त रूपनगर नन्दराज संग्रौला क्याम्पसको कार्यालयले चार वर्षे BBS तहमा भर्नासम्बन्धी सूचना प्रकाशित गरेको छ ।
शैक्षिक सत्र २०८०/०८१ का लागि BBS तह (चार वर्षे) प्रथम वर्षमा नयाँ भर्ना खुलाएको हो । विद्यार्थीहरूले सम्बन्धित क्याम्पसमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
आवेदन फाराम धमाधम दिइरहेको तथा भदौ १९ गते प्रवेश परीक्षा सञ्चालन गर्ने क्याम्पस प्रशासनले जनाएको छ । साथै कक्षा सञ्चालन भने भदौ २४ गतेदेखि हुने जनाइएको छ ।

हामा विशेषता :
१. दक्ष तथा अनुभवी प्राध्यापकहरूबाट अध्यापन
२. निशुल्क आधारभूत कम्प्यूटर तालीम
३. मासिक तथा त्रैमासिक मूल्याड्कन परीक्षा
४. पुस्तकालयको व्यवस्था
५. पाठ्यक्रम बाहेकका अन्य विभिन्न शीपमूलक तालीमको निशुल्क व्यवस्था
६. यातायात र सुविधाको हिसाबले उपयुक्त, रूपनगर चोकमै रहेको ।

प्रवेश परीक्षा : २०८० भाद्र १९ गते
कक्षा सञ्चालन : २०८० भाद्र २४ गतेबाट
सम्पर्क :
रूपनगर नन्दराज संग्रौला क्याम्पस,
रूपनगर, कञ्चनरूप नगरपालिका १२ सप्तरी
फोन नं. : ०३१-५६०५२०, ९८४१७३८००२

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page