शिक्षा समाचार

सुनाखरी बोर्डिङ्गद्वारा बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना

कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल कञ्चनरुप-१२, दौलतपुरले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी बाल दिवस मनाएको छ । सुनाखरीले शुक्रबार “ बाल अधिकार विषयक” बतृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।
खुल्ला वतृत्वकला प्रतियोगिताको माध्यमबाट बाल अधिकारको विषयमा बहस गरि बाल अधिकारको विषयमा सुसुचित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रअ पुष्प कार्कीले बताउनु भयो ।
प्रतियोगितामा कक्षा ६ की छात्रा विविसा श्रेष्ठ प्रथम, कक्षा ९ का छात्र सन्तन महतो द्वितीय र कक्षा ६ की छात्रा गीता मेहता तृतीय भएको शिक्षक विनोद महतोले बताउनु भयो ।

विजयी छात्रछात्रालाई विद्यालयका प्रधानाध्यापक कार्कीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
खुल्ला बतृत्वकला प्रतियोगितामा कक्षा ५ देखि कक्षा १० सम्मका १५ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले आज सप्तरी जिल्ला भर विभिन्न कार्यक्रम गरि मनाएका छन् । जिल्लाका विद्यालयहरूले ब्यानर, प्लेकार्डको साथमा नारा लगाउँदै वृहत् र्‍यालीद्धारा परिक्रमा सहित मौलिक प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएका हुन् ।
नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page