खेलकुद

संविधान दिवसको अवसरमा सप्तकोसीमा नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिता

खगेन्द्र कार्की /
फत्तेपुर, ३ असोज । आठौं संविधान दिवसको अवसरमा सप्तरीको सप्तकोसी नगरपालिका स्थित फतेपुरमा सप्तकोसी नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरि मनाइएको छ ।
जिल्ला ब्याडमिन्टन संघ सप्तरी र स्थानीय खेलाडीहरुको आर्थिक सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरद्वारा संचालित प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाले गरेका थिए ।
संविधान दिवसको अवसरमा संचालित प्रतियोगितामा सप्तकोसी नगरपालिकाका १३ जोडी खेलाडीहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको फाइनल खेलमा डिभिजन ए तर्फ दिपककुमार खडका र इन्द्र राईको जोडीले अमर खवास र नवराज खत्रीको जोडीलाई २–१ सेटको अन्तरमा २१–१७, २१–१५ र २२–२४ को अन्तरले पराजित गर्दै प्रथम भएका छन । त्यस्तै अमर खवास र नवराज खत्रीको जोडी दोस्रो भएका छन् ।
त्यसैगरी डिभिजन बी तर्फ अजय श्रेष्ठ र आर्यन खडकाको जोडीले सम्शेर खडका र अरुण कटवालको जोडीलाई २१–१९,२१–१४ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । सम्शेर खडका र अरुण कटवालको जोडी दोस्रो भएका छन् ।
प्रतियोगितामा बिजेता उपबिजेता खेलाडीहरुलाई जिल्ला ब्याडमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले मेडल बितरण गरेको आयोजक क्लबका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page