खेलकुद

नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।
कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याए, प्रशान्त ३७ मतमा रोकिए ।
पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए । उनी यसअघि बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page