अर्थतन्त्र

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य १८२.५ रुपैयाँ, दोस्रो वर्गमा १८४ रुपैयाँ र काठमाडौँ, पोखरा, दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।
यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।
वृद्धि भएको मूल्य शनिवार राति १२ बजेपछि लागू हुनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page