अर्थतन्त्र

सप्तरीको रुपनगरमा ३० लाख बढीको लगानीमा अलीद्वारा रुप साबुन उद्योग संचालन

कञ्चनरुप, १३ असोज । नेपालमा बेरोजगार युवाको लहर चलेको अवस्थामा एक युवाले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ स्थित रुपनगर चौकमा रुप सावुन उद्योग संचालनमा ल्याएका छन । कञ्चनरुप–१२ रुपनगरका स्थानीय मेराज अलीले ३० लाखको लागतमा रुप सावुन उधोग संचालनमा ल्याएका हुन ।
उक्त सावुन उद्योगमा दुई प्रकारको लुगा धुने साबुन र सरफ उत्पादन गरिन्छ । हाल २ सय र २ सय १० ग्रामको साबुन उत्पादन भइरहेको छ ।
शनिबार एक कार्यक्रमका बिच सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जाजिर हुसेन र कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा सदस्य जैनुदिन मियाँले रिवन काटेर संयुक्त रुपमा सावुन उद्योगको उद्घाटन गरेका हुन् ।

साबुन उद्योग उद्घाटन गर्दै अध्यक्ष हुसेनले कञ्चनरुप नगरपालिकामा उद्योग संचालन हुनु भनेको सप्तरी जिल्लाकै गौरवको विषय रहेको बताए । बेरोजगारी समस्या भई रहेको वेलामा उधोग संचालनमा आउनु सराहनीय कार्यको थालनी भएको उनले उल्लेख गरे ।
त्यस्तै वडा सदस्य मियाँले नगरमा उद्योग संचालनले नगरको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उधोग संचालनले स्थानीय युवाहरुले रोजगारी पाउने हुँदा विदेश पलायन न्यूनीकरण हुने उनले बताए ।
सञ्चारकर्मी उत्तम आचार्यले उद्योग स्थापनाले आय–आर्जनमा सहयोग पुग्ने मात्रै नभई रोजगारीको सिर्जना हुने समेत अपेक्षा गरिएको बताए । युवाहरु यसरी आफ्नै गाउँठाउँमा उद्योग सञ्चालनमा लाग्दा रोजगारका लागि विदेश जानुपर्ने बाध्यतामा रहेका युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सक्ने सञ्चारकर्मी आचार्यले बताए ।

उद्योग संचालक युवाको समुहले आफ्नो उत्पादनलाई स्थानिय सरकारले प्रवर्धन गर्न सघाउनु पर्ने जनाएको छ ।
उद्योगले सावुन उत्पानमा आवश्यक पर्ने कच्चा पदार्थ विरगंज, काठमाडौं लगायतका सहरबाट ल्याउने गरेको छ । सञ्चालक युवाहरु र परिवारको सहयोगमा संचालित उद्योगलाई थप विस्तार गर्ने जनाइएको छ ।
तीस लाखको लागतमा सुरु गरिएको उद्योगमा हाल ६ जना कर्मचारी रहेको संचालक अलिले जानकारी दिए । देशमै केही गरौं र स्वदेशमै रोजगारी गर्नुपर्छ भन्ने भावनाले उद्योग स्थापना गरिएको उद्योग संचालक मेराज अलीको भनाई छ । संचालक अलीले उत्पादन भएका सावुन जिल्लाका विभिन्न पालिकाहरु तथा छिमेकी जिल्लामा समेत बिक्रि गर्ने उदेश्य रहेको बताए । उत्पादित सावुन अन्यभन्दा गुणस्तर र सुपथ मूल्यको हुने उनले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page