अर्थतन्त्र समाचार

मनकामना बहुमुखी सहकारीको नवनिर्मित भवन उद्घाटन

खगेन्द्र कार्की /
फत्तेपुर, १६ असोज । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेको मनकामना बहुमुखी सहकारीको नवनिर्मित भवनको सोमबार उद्घाटन भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यन्वयन इकाइ धनगढी सिराहा, इकाइ जोन सप्तरीबाट सहयोगमा निर्मित सहकारीको भवन उद्घाटन गरिएको हो ।
एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल र परियोजनाका कार्यलय प्रमुख डा. सुरेन्द्र यादवले संयुक्तरुपमा रिबन काटेर गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको तर्फबाट ९० हजरा बराबरको पशु किर्तिम गर्भधारण गर्ने सामाग्री सहकारीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन इकाई धनगढी सिराहा इकाई जोन सप्तरीको ८५ प्रतिशत सहयोग र सहकारीको १५ प्रतिशत लगानीमा उक्त सहकारीको दुग्ध संकलन केन्द्र निर्माण भएको हो । परियोजनाको सहयोगमा एक सय पचास थान दुग्ध बोक्ने क्यान दुग्ध उत्पादक किसानहरुलाई बितरण गरिएको संस्थाका अध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए ।

मनकामना बहुमुखी सहकारी संस्थाका अध्यक्ष अशोककुमार चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका कार्यलय प्रमुख डा सुरेन्द्र यादव, नगर उपप्रमुख रिताकुमारि चौधरी वडा नम्बर १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्था सहब्यवस्थापक दिपककुमार खडकाले सन्चालन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page