समाचार

सप्तरी प्रहरीद्वारा श्रोत नखुलेको झण्डै ८ लाख अबैध रकम सहित दुई युवती पक्राउ

कञ्चनरुप, ३० असोज । सप्तरी प्रहरीले दुई जना युवतीलाई श्रोत नखुलेको झण्डै ८ लाख नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीया सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीया चन्दा कुमारी रहेको सप्तरी प्रहरीका प्रवक्ता एवम् डिएसपी ढुण्डीराज नन्यौपानेले जानकारी दिनुभयो ।
रुपनी गाउँपालिका १ स्थित खाडो पुलबाट प्र.१–०० ४८ प ३०९० नम्बरको स्कुटरमा सबार उनीहरुलाई रोकेर चेकजाँच गर्दा स्कुटरको डिक्कीमा झोलाभित्र लुकाएर राखिएको ७ लाख ५० हजार बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै स्कुटर चालक सागरले लगाएको ज्याकेटको दाहिनेतर्फको खल्तीभित्र राखेको ३६ हजार ५ सय समेत फेला पारी दुबैलाई नियन्त्रणमा लिएर थपअनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page