खेलकुद

न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर नारदमुनी थुलुङ स्मृति गोल्डकपको फाइनलमा प्रवेश

खगेन्द्र कार्की ,
सप्तकोसी । सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लब उदयपुरको चौदण्ढि गढि नगरपालिकामा जारी नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । उदयपुरको चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडामा जारि ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको बिहीवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा कटारी फुटबल क्लब उदयपुरलाई ४-० गोल अन्तरले हराउँदै न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरीको तर्फबाट खेल शुरु भएको ६ मिनेटमा त्रियुगाका जर्सि नम्बर ७ का फोफोनाले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको २५ र ३७ औं मिनेटमा त्रियुगाकै तर्फबाट जर्सि नम्बर १० का फोफोना इब्राहिमले २ गोल गरि पहिलो हाल्फमै ३-० को अग्रता लिएको त्रियुगाले दोस्रो हाल्फको ३६ औं मिनेटमा जर्सि नम्बर ७ का फोफोनाले थप एक गोल गर्दै टिमलाई ४-० गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ । आज भएको खेलको म्यानअफद म्याच न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नम्बर १५ का टिम क्याप्टेन कुलदिप कार्की घोषित भएका थिए ।
प्रतियोगिताको फाइनल खेल शनिबार न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बागमती फुटबल क्लब सर्लाही बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता उप विजेता टिमलाई क्रमशः नगद रु ४ लाख १ हजार र २ लाख १ हजार तथा ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने बसाहा फुटबल क्लबका अध्यक्ष गौतम राइले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page